शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा « Arthapath.com
२७ असार २०७९, सोमबार

शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता एवम् शोधनान्तर स्थिति ५ खर्ब भन्दा बढि घाटामा रहेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिनामा चालु खाता ५९५ अर्ब ७३ करोडले घाटामा रहेको जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई .९ अर्ब ४९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्