विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा राहत तथा नगद सहयोग « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा राहत तथा नगद सहयोग



काठमाडौं । सरकारले जारी गरेको लकडाउनको समयमा समस्यामा परेका मजदुर, गरिव तथा विपन्न परिवारको सहजका लागि चेम्वर अफ कमर्सले राहत सामाग्री वितरण गरेको छ । कोरोना भाइरस प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।

घोराहि चेम्बर अफकमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिनवितरण गरेको छ ।

घोराहि चेम्बर अफकमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफकमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्