सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का « Arthapath.com
२८ असार २०७९, मंगलवार

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । दुवै इन्स्योरेन्स कम्पनी बीच एकापसमा गाभिने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो ।

गत सोमवार यी दुई कम्पनी एकापसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतन लाल केडियाले हस्ताक्षर गरेका थिए ।

सिद्धार्थको चुक्ता पूँजी १ अर्ब २८ करोड छ भने प्रिमियरको १ अर्ब २२ करोड रहेको छ । यदि दुई कम्पनी १ः१ स्वापमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्