लुम्बिनी इन्स्योरेन्सको साधारणसभाले मर्जर प्रश्ताव पारित गर्दै, संस्थापकबाट ४ संचालक निर्वाचित

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १७ औं साधारणसभा आज हुँदैछ । साधारणसभाले बीमा समितले तोकेको पुँजीबृद्धिको लागी मर्जरमा जाने प्रश्ताव पारित गर्ने जनाएको छ ।
बुधबार दिउसो काठमाडौंको डिल्लीबजारमा हुने साधारणसभाले उपयूक्त पार्टनर खोजेर मर्जरमा जाने प्रश्ताव पारित गर्न लागेको इन्स्योरेन्स कम्पनी स्रोतले बताएको छ । मर्जरको लागी लुम्बिनीले प्रभु इन्स्योरेन्स, अजोडसंग कुरा चलाएको थियो । आज मर्जर प्रश्ताव पारित भएपछि असारभित्रै एमओयू गर्ने लुम्बिनी इन्स्योरेन्सको तयारी छ ।
त्यसैगरी कार्यकाल सकिएका ४ जना संस्थापकबाट प्रतिनिधित्व गर्ने संचालकको पनि निर्वाचित गरेको छ । मर्जरमा जाने सहमतीसंगै चौथो कार्यकालको लागी अध्यक्ष मनोहरदाश मुल निर्वाचित भएका छन् । उनिसंगै पुराना संचालकहरु बिश्वराज रेग्मी, अरुणराज श्रेष्ठ, उमेश रेग्मी निर्वाचित भएका हुन् । नयाँ संचालकको पदभार पनि आजै हुनेछ । बीमा समितिले मर्जरमा जाने कम्पनीलाई संचालक तथा सीईओको कार्यकालमा सुविधा दिएको छ ।