नेप्सेमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा आकर्षक सुधार आएको छ । हिजो सामान्य अकंले बढेको शेयर बजारमा आज भने छलाङ आएको हो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार नेप्सेमा आकर्षक सुधार आएसँगै शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड २ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ३३ लाख ९१ हजार रुपैयाँ, नेपाल बैंकको ७ करोड ५९ लाख ७८ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ र अरुण काबेली पावरको ६ करोड ४५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

















