पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित गर्दै प्रभु इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न « Arthapath.com
२९ असार २०७९, बुधबार

पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित गर्दै प्रभु इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा असार २८ गते सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको केन्द्रिय कार्यालय “प्रभु कम्प्लेक्स“ मा सम्पन्न भएको हो ।

साधारण सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको लागि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ती गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद शेयर जारी गरि चुक्ता पूँजी बृद्धि गर्न सक्ने निर्णय गर्दै सो सम्वन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।

कम्पनीले भविष्यमा आफ्नो पूँजी मजबुत गर्दै ग्राहकहरु लाई स्तरीय सेवा दिने तथा शेयरधनी हरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्