लुम्बिनी जनरल इन्स्योरेन्सका शेयरधनी मालामाल !

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा असार २९ गते काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट कम्पनीले कर प्रयोजनको लागि ०.५ नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले सबैं भन्दा बढी आर्थिक वर्ष २०७२।०७३ मा १९.१४ प्रतिशत लाभांश दिएको थियो भने सबै भन्दा कम २०७५।०७६ मा ८.५३१ प्रतिशत लाभांश दिएको थियो । आर्थिक वर्ष २०७७।०७८ मा पनि १० प्रतिशत लाभांश दिएसँगै शेयरधनी उत्साहित भएका छन् ।
त्यस्तै सभाले कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित हुनुभएको घोषणा निर्वाचन अधिकृतबाट गरेको हो ।
