सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार रोक्का « Arthapath.com
३० असार २०७९, बिहीबार

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । दुवै इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने समझदारी गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

बुधवार १७ औँ साधारण सभाबाट मर्जरमा जाने अख्तियारी पाएको लुम्बिनीले बुधवार दिनभर शिखरसँग कुरा चलायो । बुधवार रातिदेखि सगरमाथासँग अघि बढेको मर्जरले सार्थकता पाउन लागेको छ । बिहीबार यी दुई कम्पनीको मर्जर संम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

अहिले सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रहेको छ । दुई कम्पनी १ः१ बराबर स्वाप रेस्योमा मर्जर भएमा पुँजी २ अर्ब ६४ करोड पुग्नेछ । जुन बीमा समितिले तोकेको १ २ अर्ब ५० करोडभन्दा माथि हुनेछ ।


प्रतिक्रिया दिनुहोस्