प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का « Arthapath.com
३१ असार २०७९, शुक्रबार

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु लाइफ इन्स्योरेन्स शेयर कारोबार रोक्का गरिदिएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै प्रभु लाइफको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सविच असार ३० गते साँझ ६ बजे राजधानीको एक होटेलमा मर्जर संबन्धी सम्झौतामा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन् । १ महिनादेखि चलेको मर्जरले आज सार्थकता पाएको हो । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफले सर्वसाधारणमा आइपिओ जारी गरेको छैन ।

अहिले प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ । १ः१ स्वापमा मर्जर गर्ने सहमति भएको छ । यसरी मर्ज हुँदा दुवै कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्