६ महिनापछि नेपाल लाईफले पायो सीईओ, सहमतीको लागी बीमा समिति पठाइयो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ६ महिना पछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको बोर्ड बैठकले प्रविण रमण पराजुलीलाई सीईओमा नियुक्त गरेको हो ।
कम्पनीमा डिसीईओ भुमिकामा कार्य गर्दै आइरहेको पराजुलिलाई सीईओ नियुक्ति पश्चात स्वीकृतका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै उनिको ४ वर्षका लागि हुने छ ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा पराजुलीले नेपाल लाइफलाई लिएका छन् । नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।