नेपालमा कति बीमा कम्पनी चाहिन्छ १ वर्षभित्र अध्ययन गर्छाैं : अध्यक्ष शिलवाल « Arthapath.com
१ श्रावण २०७९, आईतवार

नेपालमा कति बीमा कम्पनी चाहिन्छ १ वर्षभित्र अध्ययन गर्छाैं : अध्यक्ष शिलवाल



काठमाडाैं । नेपालमा कति बीमा कम्पनी चाहिन्छ अध्ययन गरिने भएकाे छ । बीमा समितिले नेपालकाे भुगाेल, अर्थतन्त्रकाे अवस्था हेरेर कति बीमा कम्पनी चाहिने हाे अध्ययन गरिने भएकाे हाे ।

आइतबार हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे एकीकृत काराेबार समाराेहमा संबाेधन गर्दै बीमा समपतिका अध्यक्ष शुर्यप्रसाद शिलवालले नेपालमा कति बीमा कम्पनी आवश्यक छ अध्ययन गरिने बताए ।

अध्यक्ष शिलवालले बीमा कम्पनीकाे पुँजी नबढाएकाे भए आगामी दिनमा क्लेम तिर्न नसकिने अवस्था आउने भन्दै पुँजी बढाएर मर्जर निती लिएकाे बताए । शिलवालले आफ्नाे नेतृत्वले हालसम्ममा नै बजेटले प्रयाप्त बीमाकाे समस्या संबाेेेधन भए ।

आफ्नाे पहलमा राष्ट्रिय बीमा निती बन्न लागेकाेले सबैलाई सहयाेग गर्न शिलवालले आग्रह गरे । ‘राष्ट्रिय बीमा निती आएपछि सरकारलाई पनि गाइड गर्छ ।’ पेण्डिङमा रहेकाे बीमा ऐन अर्थसमितीबाट पारित गराएकाे अव संसदले पारित गरेर बीमाकाे धेरै समस्या समाधान हुन्छ शिलवालले भने । ‘बीमा समिति नियन्त्रणकाे बाटाेमा छैन ।’

अव पाेलिसिमा कम्पिटिसन गर्नुहाेस

बीमा कम्पनीहरू मर्जरमा जाँदै गर्दा अव पाेलिसिमा प्रतिस्प्रर्धा गर्न आग्रह गरे । मर्जरपछि अश्वस्थ्य प्रतिस्प्रर्धा गर्ने हाेइन, अव राम्राे पाेलिसि ल्याउन लाग्नुहाेस् । डिजिटाइजेसनमा लगानी गर्न अध्यक्ष शिलवालले कम्पनीहरूलाइ आग्रह गरे ।

बीमा क्षेत्रमा धेरै सुधार आएकाे भन्दै अर्काे साल बीमाले बैकलाई उछिन्ने गरी काम भैरहेकाे बताए ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्सले पहिलाेपटक मर्जरकाे ढाेका खाेलेकाे छ । बीमा समितिले ल्याएकाे पहिलाेपल्ट मर्जर नितीलाई अनुसरण गर्दै बीमा क्षेत्रमा अब्बल कम्पनी बन्ने उद्घाेष गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्