नयाँ आर्थिक वर्षमा कर्पोरेट मुभमेन्ट, भट्टराई, भण्डारी आउट, दाहाल इन

काठमाडौं । आजदेखी नयाँ आर्थिक वर्ष सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसंगै बजारमा एक बीमा कम्पनीको सीईओ डेपुटी सीईओको कार्यकाल समाप्त भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको सीईओ रहेका मनोजकुरमार भट्टराई र डेपुटी सीईओ चिरायू भण्डारीको कार्यकाल हिजो असार ३२ गतेदेखी समाप्त भएको छ ।
२ कार्यकाल प्राइम लाइफको सीईओ भएका कारण भट्टराई बीमा समितिको निर्देशन अनुसार अनिवार्य पदविहिन बनेका हुन् । सोही कम्पनीमा २ वर्ष अघि डेपुटी सीईओको रुपमा भित्रिएका चिरायू भण्डारीको पनि अवधी सकिएको छ ।
अहिले प्राइम लाइफको डेपुटी सीईओ रहेका निर्मल दाहाललाई कामु दिइएको छ । दाहाल लामो समय लक्ष्मि बैंकमा काम गेर खाली बसेका थिए ।
त्यस्तै कामना सेवा विकास बैंकको डेपुटी सीईओमा विनय दाहाल नियुक्त भएका छन् । दाहाल एनएमबी बैंकको क्रेडिट हेड छोडेर कामना सेवा आजैदेखी ज्वाइन गरेका छन् ।
त्यसैगरी लुम्बिनी विकास बैंकको सीईओ रहेका नरेससिंह बोहोराको कार्यकाल थप गरिएको छ । बोहोराको पहिलो कार्यकाल आज साउन १ गते सकिएको थियो । बोहोरा भोलीदेखी लागु हुनेगरी ४ वर्षको लागी पुर्ननियक्त भएका छन् ।