हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा धुव्र प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा धुव्र प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिई बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालक समितिको साउन १ गते बसेको बैंठकले कम्पनी सचिव तथा नायब महाप्रबन्धक न्यौपानेलाई साउन १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो ।
