मौद्रिक नीति शुक्रबार ल्याउने राष्ट्र बैंकको तयारी « Arthapath.com
४ श्रावण २०७९, बुधबार

मौद्रिक नीति शुक्रबार ल्याउने राष्ट्र बैंकको तयारी



काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को लागि मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार सार्वजनिक गर्ने जनाइएको छ । हाल देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकले एक दरिलो मौद्रिक नीति ल्याउनु पर्ने छ ।

अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी रहेको स्रोतले बताएको छ । केही महिना यता खुम्चिएको शेयर बजार सम्बन्धी पनि मौद्रिक नितिमा आवश्यक कुरा समेट्नु पर्ने छ । बजेटमा लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै आन्दोलित लगानीकर्तालाई सरकारले मौद्रिक निति मार्फत माग सम्बोधन गर्ने आश्वासन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्