चौथो त्रैमाससम्ममा निफ्राको खुद नाफा १ अर्ब माथि, प्रतिशेयर नेटवर्थ कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नाफा २२.५३ प्रतिशतले बढेर १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको खुद नाफा ८३ करोड ७४ लाख १० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चौथो त्रैमाससम्मका कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४१. २० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रुपैयाँ र संचालन नाफा २३.१४ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोढ, जगेडा कोष २७.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ, निक्षेप संकलन ४५. २१ प्रतिशतले बढेर ४३ करोड ८० लाख २० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।













