गुराँस लाइफ इन्स्योरेन्सद्धारा २१ लाख रुपैयाँ मृत्यु दाबि भुक्तानी « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

गुराँस लाइफ इन्स्योरेन्सद्धारा २१ लाख रुपैयाँ मृत्यु दाबि भुक्तानी



काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय पोखराले २१, लाख दुई हजार रुपैयाँको मृत्यु दाबि भुक्तानी गरेको छ । कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नम्बर १, स्थाई घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएको थियो ।

उनको निधन पछि उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रुपमा उक्त रकम हस्तान्तर गरेको हो । उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताउनुभयो। सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइराख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्