प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकशित पछिल्ला घटनाक्रम बारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन । सोही क्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
भेटमा पछिल्लो परिस्थितिका बारेमा छलफल हुनुका साथै परस्पर समझदारीमा जोड दिइएको बताइएको छ । भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री समक्ष दुबै अध्यादेश फिर्ता लिनु उचित कदम भएको बताए ।