लुम्बिनी विकास बैंकको नाफामा छलाङ, अन्य सूचकमा समेत आकर्षक सुधार आउँदा प्रतिसेयर नेटवर्थ कति ? « Arthapath.com
२२ असार २०८२, आईतबार

लुम्बिनी विकास बैंकको नाफामा छलाङ, अन्य सूचकमा समेत आकर्षक सुधार आउँदा प्रतिसेयर नेटवर्थ कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफा आकर्षक सुधार देखिएको छ ।

असार मसान्तसम्मको अवधिमा बैंकको नाफा ५५.६९ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १० लाख ४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६० करोड ६३ लाख ८२ हजार रुपैयाँ संचालन नाफा गरेको बैंक गत आर्थिक वर्षको सोही अवधिमा संचालन नाफा ६०.०२ प्रतिशतले बढेर ९७ करोड ३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १३ प्रतिशतले बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ, जगेडा ५.२६ प्रतिशतले बढेर २ अर्ब ५ करोड ५८ लाख ४० हजार रुपैयाँ, वितरणयोग्य नाफा १०.१६ प्रतिशतले ४७ करोड ९२ लाख २६ह हजार रुपैयाँ, निक्षेप १७.८८ प्रतिशतले बढेर ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको हाल प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसाले बढेर २० रुपैयाँ ५७ पैसा (बार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्