२४ घन्टामा १ लाखभन्दा बढी नयाँ संक्रमित, ६ हजार बढीको मृत्यु « Arthapath.com
१३ बैशाख २०७७, शनिबार

२४ घन्टामा १ लाखभन्दा बढी नयाँ संक्रमित, ६ हजार बढीको मृत्यु



एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस ९कोभिड– १९० बाट संक्रमित हुनेको संसारभर संख्या २ लाख २९ हजार ८ सय ८३ पुग्यो ।

त्यस्तै संक्रमणबाट संक्रमित भई मृत्यु हुनेको संख्या भने एक लाख ९७ हजार २ सय ४३ पुगेको छ भने ७ लाख ९८ हजार ६ सय ५ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

यसैबीच कोरोना भाइरसको सबैभन्दा त्रासदीपूर्ण कहर अमेरिकामा देखिएको छ । त्यहाँ ९ लाख २५ हजारभन्दा बढी मानिस कोरोना संक्रमित देखिएका छन् भने ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ न्यूयोर्कमा मात्रै २० हजार जतिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ लाख नाघेको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २५ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख पुग्न लागेको छ ।

त्यस्तै बेलायतमा कोरोनाबाट १९ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । १ लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

स्पेनमा २२ हजार ५ सय २४ जनाको मृत्यु हुँदा संक्रमितको संख्या २ लाख १९ हजार नाघेको छ । फ्रान्समा २२ हजार २ सय ४५ जनाको मृत्यु हुँदा १ लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी इरानमा ५ हजार ५ सय ७४, बेल्जियममा ६ हजार ६ सय ७९, जर्मनीमा ५ हजार ७ सय ६०, चीनमा ४ हजार ६ सय ३२, नेदरल्याड्समा ४ हजार २ सय ८९, ब्राजिलमा ३ हजार ६ सय ७०, स्वीडेनमा २ हजार १ सय ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो सँगै विश्वमा कोरोनाले पुर्याएको दैनिक क्षतिमा नयाँ रेकर्ड कायम भएको छ । गएको २४ घन्टामा १ लाखभन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । एकै दिनमा ६ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्