प्रभु बैंक लिमिटेडका ग्राहाकले समर्पण हेल्थ केयर सेन्टरमा आकर्षक छुट पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज मिति २०७९ साउन १० गतेका दिन बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख श्री भेष राज धमलारसमर्पण हेल्थ केयर सेन्टरका तर्फबाटप्रमुख कार्यकारी अधिकृतश्री अविसेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण(रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी (यु.एस्.जी तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गनर्,े समर्पण हेल्थ केयर सेन्टरदेखि २ कि. मि.को दुरी भित्र रहनुहुने ग्राहक महानुभावहरुलाई होम डेलिभरीको व्यवस्था समेत गरीएको छ ।
उतm सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।













