बेष्ट फाइनान्सको खुद नाफा १०२ प्रतिशले वृद्धि, चुक्तापूँजी ८२ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२१ असार २०८२, शनिबार

बेष्ट फाइनान्सको खुद नाफा १०२ प्रतिशले वृद्धि, चुक्तापूँजी ८२ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०२ दशमलव ९५ प्रतिशत बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा ८ करोड २३ लाख सिमित रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा उच्च वृद्धि हुन पुगेको हो । त्यसैगरी सो अवधिमा इम्पेरिमेन्ट चार्ज रिभर्स गरेकाले पनि नाफा बढेको हो । नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा आकर्षक सुधार आएको छ । कम्पनीको खुद ब्याज आम्दानी २१.८६ प्रतिशतले बढेर १२ करोड ६६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० करोड १२ लाख ३६ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा १०६.८६ प्रतिशतले बढेर २० करो ९४ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको वितरण योग्य नाफामा भने भारी गिरावट आएको देखिएको छ । चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको वितरण योग्य नाफा ६४८.८६ प्रतिशतले घटेर १९ करोड ६५ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ, जगेडा कोष ३७.३३ प्रतिशतले बढेर ५६ करोड ८६ लाख २२ हजार रुपैयाँ, निक्षेप संकलन २१.६५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ५२ लाख ७९ हजार रुपैयाँ आजृन गरेकोछ ।

कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ७१ गुणा, तरलता अनुपात ३१ दशमलव ४५ प्रतिशत, प्रतिशेयर आम्दानी २० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्