१७ श्रावण २०८३, आइतबार

शाइन रेसुंगा डेभलपमेन्टको खुद नाफा २८ प्रतिशतले वृद्धि, चुक्तापूँजी झण्डै ३ अर्ब



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफ २८.१० प्रतिशतले बढेर ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५० करोड ३७ लाख २१ हजार रुपैयाँमा सिमित रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा खुद नाफा समेत आकाशिएको हो । यस अवधिमा बैंकको संचालन नाफा २८.३९ प्रतिशतले बढेर ९४ करोड ५ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ७३ करोड २५ लनद ६३ हजार रुपैयाँमा सिमित रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ५४ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३३ करोड ८४ लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २४.०३ प्रतिशतले बढेर ४७ करोड २ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १०.९३ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ, जगेडा कोष १०.४७ प्रतिशतले बढेर १ अर्ब १० करोड १७ हजार रुपैयाँ, निक्षेप संकलन २२.२० प्रतिशतले बढेर ४३ अर्ब २७ करोड ६५ लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १८.२६ प्रतिशतले बढेर ३४ अर्ब ४९ करोड ६४ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसको खराब कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । शाइनको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसाले बढेर १७ रुपैयाँ ०७ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०३ पैसा छ ।