सांग्रिला डेभलपमेन्टको नाफामा छलाङ, वितरणयोग्य नाफा २०% ले वृद्धि हुदाँ अधिकांश सूचकमा आकर्षक सुधार « Arthapath.com
२१ असार २०८२, शनिबार

सांग्रिला डेभलपमेन्टको नाफामा छलाङ, वितरणयोग्य नाफा २०% ले वृद्धि हुदाँ अधिकांश सूचकमा आकर्षक सुधार



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ४५.२९ प्रतिशतले बढेर ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । सोहि कारण बैंकको खुद नाफामा सुधार आएको देखिएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २० करोड ६५ लाख २० हजार रुपैयाँमा सिमित रहेको छ ।

असार मसान्तसम्मको अवधिमा बैैंकको संचालन नाफा ४६.६९ प्रतिशतले बढेर ८६ करोड ४६ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको संचालन नाफा ५८ करोड ९४ लाख १२ हजार रुपैयाँमा सिमित रहेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २०.८८ ले बढेर ३४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य नाफा २८ करोड ८३ लाख ९३ हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष ३६.७० प्रतिशतले बढेर ९० करोड १६ लाख ७२ हजार रुपैयाँ, निक्षेप संकलन १६.६९ प्रतिशतले बढेर ४८ अर्ब ७७ करोड ५३ लाख ९५ हजार रुपैयाँ, कर्जा लगानी २३.६० प्रतिशतले बढेर ४० अर्ब ८४ करोड २५ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसको खराब कर्जा घटेर ०.९८ प्रतिशतमा झरेको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५६ पैसाले बढेर १९ रुपैयाँ ७९ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्