आइसीएफसी फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, चुक्तापूँजी भने अर्ब पति क्लबमा « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

आइसीएफसी फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, चुक्तापूँजी भने अर्ब पति क्लबमा



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २०.२१ प्रतिशतले घटेर २० करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा भने २५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ४९.१४ प्रतिशतले बढेर ४७ करोड ६ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मा कम्पनीको खुद ब्याज आम्दानी ३१ करोड ५५ लाख ४८ हजार रुपैयाँमा सिमित थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन नाफा २०.३९ ले घटेको छ । जसका कारण खुद नाफा पनि प्रभावित भएको देखिन्छ । कम्पनीको संचालन नाफा २७ करोड ४८ लाख ४७ हजार रुपैयाँमा खुम्चिएको छ ।

समिक्षा अवधिमा फाइनान्सको चुक्तापूँजी १० प्रतिशतले घटेर १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको छ । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७५ पैसाले घटेर १७ रुपैयाँ ८० पैसामा सीमित भएको छ । आइसीएफसीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्