असारसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क १.३८ खर्ब, टप थ्रिमा नेपाल, एलआईसी र नेशनल लाइफ « Arthapath.com
२६ श्रावण २०७९, बिहीबार

असारसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क १.३८ खर्ब, टप थ्रिमा नेपाल, एलआईसी र नेशनल लाइफ



काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।०७९ सम्ममा १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन आर्जन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म उक्त बीमा शुल्क आर्जन गरेका हुन ।

बीमा समितिको तथ्याङ अनुसार सबै भन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । सो अवधिमा नेपाल लाइफले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, दोस्रोमा एलआईसी लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख, चौथोमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रुपैयाँ, युनियन लाइफले ७ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ र सिटिजन लाइफले ५ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै क्रमश मेट लाइफले ५ अर्ब २३ करोड १६ लाख रुपैयाँ, सूर्या लाइफले ४ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ६० करोड २१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड ९४ लाख रुपैयाँ, ज्योति लाइफले ३ अर्ब ८० करोड ९९ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ, रिलायन्स लाइफले ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ, प्रभु लाइफले २ अर्ब ३५ करोड २६ लाख रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड ३ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्