निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क ३९.१६ अर्ब, शिखरलाई पछ्याउँदै सगरमाथा र नेकाे « Arthapath.com
२६ श्रावण २०७९, बिहीबार

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क ३९.१६ अर्ब, शिखरलाई पछ्याउँदै सगरमाथा र नेकाे



काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बिहिबार बीमा समितिले प्रकाशित गरेको विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरुको उक्त बीमा शुल्क आर्जन गरेका हुन ।

हाल संचाल हुदैं आइरहेका २० निर्जिबन बीमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ५ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेका छ भने उसलाइ दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्सले ३ अर्ब १० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, नेकाे इन्स्याेरेन्सले २ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड ५२ लाख, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३७ करोड १० लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् ।

प्रिमियम इन्स्योरेन्सले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २ अर्ब ६करोड १५ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ७७ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड ४३ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, युनाइटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड, दओरियन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड, प्रभुले १ अर्ब ३५ करोड, प्ररुडेन्सियलले १ अर्ब ३३ करोड, एभरेष्टलेल १ अर्ब २२ करोड, सानिमा जनरलले १ अर्ब ४ करोड, नेशनलले ९० करोड ६६ लाख र जनरल इन्स्योरेन्सले ९० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हो ।


प्रतिक्रिया दिनुहोस्