नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १ खर्ब ३६ अर्ब माथि उक्लियो, खुद बिमा शुल्क झण्डै ३५ अर्ब « Arthapath.com
२७ श्रावण २०७९, शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १ खर्ब ३६ अर्ब माथि उक्लियो, खुद बिमा शुल्क झण्डै ३५ अर्ब



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पीको खुद बीमा शुल्क ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल लाइफकको जीवन बीमा कोष समेत आकाशिएको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष २१.५८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ७९ करोड ६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

आर्थिक वर्ष ७८÷७९को असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा कम्पनी १६५.८२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा ८ अर्ब ७८ करोड ४ लाख ८१ हजार रुपैयाँ रहेको कम्पनीको खुद दाबी भुक्तानी ६१.३५ प्रतिशतले बढेर १४ अर्ब १६ करोड ७० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७२ प्रतिशतले घटेर २८ करोड ८३ लाख ७० हजार रुपैयाँ, महाविपत्ती कोष २२.३० प्रतिशतले बढेर ७२ करोड २ लाख ८२ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ०.३० प्रतिशतले घटेर २ अर्ब ४३ करोड १८ लाख ८८ हजार रुपैयाँ, अभिकर्ता कमिशन १ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड ९९ लाख १३ हजार रुपैयाँ, बीमालेख धितो कर्जा २६.७२ प्रतिशतले बढेर २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्