अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क २७.७३ प्रतिशतले वृद्धि, अन्य सूचक समेत आकाशिदैं « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क २७.७३ प्रतिशतले वृद्धि, अन्य सूचक समेत आकाशिदैं



काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा अजोड इन्स्योरेन्स लिमिटेडले १७ करोड १६ लाख रुपैयाँ बीमा कोष आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५३.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ११ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १६.५७ प्रतिशतले बढेर ११ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुल नाफा १० करोड २० लाख रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कुल बीमा शुल्क २८.०६ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ५५.२० प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ, खुद बीमा शुल्क २७.७३ प्रतिशतले बढेर ४७ करोड ९१ लाख हजार रुपैयाँ, खुद दाबी भुक्तानी ५०.२८ प्रतिशतले बढेर २६ करोड ६३ हजार रुपैयाँ र ब्यवस्थापन खर्च ३५.६० प्रतिशतले बढेर ३० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्