सिटिजन लाइफको जीवन बीमा कोष १२३ प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १८ करोड ८२ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १८ करोड ७९ लाख २६ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफा ०.१८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोष १२३.५२ प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ८१ लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६० करोड २९ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ४४ करोड ४१ लाख २० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीेले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क ४५.५९ प्रतिशतले बढेर ५ अर्ब १ करोड ४२ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २३.०१ प्रतिशतले बढेर ८७ करोड १६ करोड ४९ हजार रुपैयाँ, खुद दाबी भुक्तानी १२०.९९ प्रतिशतले बढेर १ अर्ब १६ करोड ९२ लाख ३२ हजार रुपैयाँ, अभिकताए कमिशन ३१.३३ प्रतिशतले बढेर ८२ करोड ६८ लाख ४८ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १८.२६ प्रतिशतले बढेर ७७ करोड १५ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ ।