आइएमई समुहले नेपाल इन्स्योरेन्सको शेयर विक्री गर्ने, दोस्रो पल्ट निकाल्यो सूचना « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

आइएमई समुहले नेपाल इन्स्योरेन्सको शेयर विक्री गर्ने, दोस्रो पल्ट निकाल्यो सूचना



काठमाडौं । आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौं ८ गतेदेखि संस्थापक समूह तर्फको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम दिन भदौ २२ गते सम्म रहेको छ । विक्री प्रबन्धक ग्लोबल आईमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड,झापा,हनुमानदास रोड,विराटनगर ,मोरङ,जनकपुरधाम धनुषा ,आर्दशनगर वीरगञ्ज,पर्सा,हैटौडा मकवानपुर,नारायणगढ चितवन ,न्यूरोड पोखरा कास्की,मिलनचोक बुटवल, रुपन्देही ,बाग्लुङ्ग बजार बाग्लुङ्ग ,त्रिभुवन चोक नेपालगञ्ज , बाँके,विरेन्द्रनगर सुर्खेत,घोराही दाङ,धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरमा बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै असार २४ गते खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा तोकिएको अवधिमा भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको बैंकले जनाएको छ ।

कम्पनीले यस अघि पनि शेयर बिक्रीका लागि आवेदन खुला गरेकामा सो अवधिमा कुनै पनि आवेदन नपरेपछि उक्त शेयर फेरी बिक्रीमा ल्याएको हो । नेपाल इन्स्योरेन्सले हालै सम्पन्न संचालक निर्वाचनमा बीमा समितिबाट मर्जर प्रक्रिया तत्काल थाल्ने भनेर अध्यक्षसहित ३ जना संचालक तेस्रो कार्यकालको लागी निर्वाचित गरेको छ । क्रस होल्डिङ भएको कम्पनीसंग मर्ज गराउनुको साटो आइएमई समुहले नेपाल इन्स्योरेन्समा रहेको १७ प्रतिसत प्रमोटर सेयर विक्री गरेर बाहिरिने बताएको छ ।
यस अघिको सूचना:


प्रतिक्रिया दिनुहोस्