गुराँस लाईफका सञ्चालक र सिईओले ३५ करोड हिनामिना गरेको कर्मचारीको आरोप « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

गुराँस लाईफका सञ्चालक र सिईओले ३५ करोड हिनामिना गरेको कर्मचारीको आरोप



काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा आर्थिक बर्ष २०७६÷७७ मा ३५ करोड ४० लाख रुपैयाँ हिनामिना भएको छ । कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको मिलेमत्तो घोटाला गरिएको कम्पनीका पिडित कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीका अनुसार कम्पनीले आव २०७६/७७ मा बीमाशुल्क नआईकन प्रथम बिमाशुल्क आम्दानी बुक गरी २५ प्रतिशत कमिशन लिएका छन् । ३० देखि ३५ प्रतिशतसम्मको इन्सेन्टिभ पनि लिएको पिडित कर्मचारीहरुले बताएका छन् । साथै कम्पनीले आफनो एउटा बैंकको खातामा भएको कम झिकेर अर्को बैंक खातामा जम्मा गरी उधारो बीमा गरेको छ । सो रकमलाई शून्य गर्न फर्जी बीमालेख धितोमा ऋण खडा गरेको कर्मचारीहरु बताउँछन् ।

कम्पनीले गरेको आर्थिक हिनामिनाको बिषयमा नियमन निकाय बीमा समितिलाई समेत जानकारी भएको उनीहरुले बताएका छन् । कम्पनीले ऐन विपरित उधारो बीमाको बिषयमा जानकारी हुँदा हुँदै पनि समिति चुप रहेको उनीहरुको दाबी छ ।


तर, लेखा परीक्षकलाई यो सबै घटनाको बिषयमा जानकारी भएपछि ब्यालेन्स सिटमा हस्ताक्षर गर्न नमानेको उनीहरुले बताएका छन् । हाल कम्पनीमा मर्जरमा जाँदैछ । त्यसैले कम्पनीले सेटिङ्गमा नै लेखा परिक्षक ल्याईएको देखिन्छ । यस बिषयमा भने कर्मचारीहरुलाई जानकारी नदिईएको पिडित कर्मचारीहरुले बताए ।


प्रतिक्रिया दिनुहोस्