तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् धौलागिरी लघुवित्तको आईपीओ रिजल्ट

काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँट बिक्रि प्रबन्धक सनराइज क्यापिटलमा सम्पन्न भएको छ । क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।
जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको थियो । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । त्यस्तै १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।
लघुवित्तले जारी पूँजी १० करोड ३१ लाखको ३२।१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन खुला गरेका थियो ।
कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक सनराइज क्यापिटल https://www.sunrisecapital.com.np
धौलागिरी लघुवित्तको बेवसाइटः https://dhaulagiribank.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login