खप्तड लघुवित्तको १ करोड ३२ लाख रुपैयाँको आइपीओ बिक्री खुला « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

खप्तड लघुवित्तको १ करोड ३२ लाख रुपैयाँको आइपीओ बिक्री खुला



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ ८ गते) देखि आईपीओ निष्कासन तथा बिक्री गरेको छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्