तीज नजिकिएसँगै सुनको मूल्यमा गिरावट, कति छ आजको कारोबार रकम ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यका गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ९५ हजार १०० रूपैयाँमा कारोबार भएको हो । शुक्रबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आईतबार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी तोलाको १५ रुपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो ।












