आगामी चुनावमा एमालेका ८ लाख संगठित सदस्यले प्रति सदस्य २ भाेट बढाउने
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेेेेेखरेलले आगामी संघ र प्रदेशसभाकाे निर्वाचनमा प्रति संगठित सदस्यले २ भाेट अनिवार्य बढाउन सबै संगठित सदस्यकाे लागी चुनावी रणनिती बनाइएकाे बताए ।
एमालेले एकल बहुमतकाे लागी प्रति संगठित सदस्यले २ मत बढाउने निती लिइएकाे महासचिव पाेखरेलले बताए । आगामी चुनावमा एकल बहुमतकाे लागी एमालेसँग भएकाे मतमा १६ प्रतिशत मत बढाउने रणनिती लिएकाे बताए ।
विकास र समृद्धिकाे अभियानलाई पुरा गर्न ओलीलाई भावी प्रधानमन्त्री सारिएकाे महासचिव पाेखरेलले बताए । अध्यक्ष ओली नेतृत्वमा सुरू भएका विकास र समृद्धिकाे अभियान पुरा गर्न आगामी चुनावमा एकल बहुमतकाे सरकार निर्माणकाे अभियानमा एमाले लागेकाे बताए ।
ओली प्रधानमन्त्री भएका बेला संबिधान जारी गर्न, भारतले लगाएकाे नाकाबन्दी विरूद्ध अगुवाई गरेकाले जनतामा एमाले लाेकाेप्रिय रहेकाे पाेखरेलले बताए ।
महासचिव शंकर पाेखरेलले एमाले अध्यक्ष ओली दाेस्राेपटक प्रधानमन्त्री हुँदा विकास र पुर्वाधारमा नेपालले सफलता हासिल गरेेेेकाले भावी प्रधानमन्त्रीकाे रूपमा अघि सारिएकाे बताए ।
‘जनताकाे पक्षमा राष्ट्रकाे पक्षमा उभिदा एमालेमाथी आक्रमण भयाे ।’ महासचिव पाेखरेलले भने ‘ ५ दलिय गठबन्धनले सर्वाेच्च आदालत भित्र राजनिती प्रवेश गरायाे ।’













