१८ श्रावण २०८३, सोमबार

हानारो कपमा नेपालले पाकिस्तानलाई ११-शून्यले पराजित गर्दै क्वाटरफाइनलमा



काठमाडौं । जीएमई कोरियाको आयोजनामा कोरियास्थितअसान रंगशालामा१६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलकोपहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ रमंगोलियाले सि आई एस नेशन्सलाई ४-१ले हराउदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन् ।

कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेलआउँदो सेप्टेम्बर १२ मायोग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ ।