सरकारले प्रतिबन्ध लगाएका वस्तुहरु आयात नगरौं: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात नगर्न निर्देशन दिएको छ ।
सरकारले सोमबार गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएर असोज २८ गतेसम्म पुराएको थियो । राष्ट्र बैंकले उक्त वस्तुहरुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
सरकारले कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाएको प्रतिबन्ध भने खुला गरेको छ ।
