मूल्य समायोजनपछि नेपाल पुनर्बीमा कम्पनीको आज कतिमा खुल्छ त कारोबार ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसंगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
समायोजनपछि नेप्सेले प्रतिकित्ता ६६१ रुपैयाँ ९० पैसा तोकेको छ । कम्पनीको शुक्रबार कारोबार भएको अन्तिम मूल्य ६९५ रुपैयाँको आधारमा समायोजन भएको हो ।
आज अर्थात आइतबार समायोतिज मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।