१२ प्रतिशत लाभांश पारित गर्दै आर्जन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

१२ प्रतिशत लाभांश पारित गर्दै आर्जन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न



काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो ।

शनिबार ललितपुरको हेरिटेज गार्डेनमाभएको सभाले आर्थिक वर्ष ०७८÷०७९असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । चुक्तापूँजी३ करोड ३७लाख३९हजार ७ सय रहको संस्थाले आव ०७८÷०७९मा रु १ करोड ४लाख ३८हजार ५सय ७खुदनाफाआर्जन गर्न सफलभएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७÷०७८मा यस्तो नाफा८३लाख५६हजार ६सय पन्ध्र रुपैयाँकमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामाझण्डै २५प्रतिशतले वृद्धि हो ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रहगर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढि व्याज नलिनआग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामीदिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझउत्कृष्ठ सफलताहासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाकाअध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को प्रतिवेदन प्रस्तुतगर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमाआग्रह गरे । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जितकुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजकनवराज भुसाललगायतले बोलेको थिए ।

संस्थाले आफ्ना शेयर सदस्यका छाराछोरीहरुलाई ०७९ सालको एसइइमा सर्वोकृष्ट नतिजा ल्याउने ९जनालाई मायाँको चिनो र नगददिई सम्मानगरिएको थियो । संस्थामाउत्कृष्ठ कारोबार गर्ने दुइजना शेयरधनीहरुलाई प्रमाणपत्रसहित सम्मानगरिएको थियो ।त्यस्तै संस्थामा ५ बर्षभन्दा बढिलगातार कार्यरत कर्मचारीलाई पनिमायाको चिनो दिएर सम्मानगरियो ।


प्रतिक्रिया दिनुहोस्