रिपो मार्फत २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र, तरलता व्यवस्थापनमा सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रको तरलता अवस्था सहज बनाउन रिपो मार्फत उक्त रकम तरलता प्रवाह गर्ने भएको हो ।
राष्ट्र बैंकले आज १४ दिने अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल मार्फत जारी गर्ने भएको हो । असोज ६ गते परिपक्क हुने उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूले बिहीबार दिउँसो २ बजेसम्म बिडिङ मार्फत लगानी गर्न पाउनेछन् ।
केन्द्रीय बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरूले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् ।