अर्को स्टक एक्सचेन्ज खोल्ने बाटो खुल्यो, मन्त्रीपरिषद्ले पास गर्यो नियमावली
काठमाडौं । अव नेपालमा दोस्रो स्टक एक्सचेन्ज खुल्ने भएको छ । अहिले भैरहेको नेपाल स्टक एक्सचेन्जको अलावा निजी क्षेत्रको लगानीमा नयाँ अर्को कम्पनी पनि खुल्ने भएको छ ।
मङ्गलवार साँझ बसेको मन्त्रीपरिषद् बैंककले नयाँ स्टक एक्सचेन्जको लागी नियमावली संशोधन गरेको हो । २०७४ सालमा नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले नयाँ सटक एक्सचेन्ज खोल्ने निर्णय गरेको थियो ।
सोही आधारमा हालका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अघि बढाएका हुन् । यसअघि भएका प्रावधानमा संशोधन भएको छ । अव बैङ्क तथा वित्तीय संस्था मात्रै स्टक एक्सचेन्जको सेयर होल्डर हुन पाउने व्यवस्थामा परिवर्तन भएको छ । अव पब्लिक तथा प्राइभेट कम्पनी नयाँ स्टक एक्सचेन्जको लगानीकर्ता बन्न सक्नेछन् ।
त्यस्तै चुक्ता पुँजी ५ करोडबाट बढाएर ३ अर्ब पुर्याइएको छ । भने यसअघि १० प्रतिशत रहेको थ्रेस होल्डलाई बढाएर १५ प्रतिशत पर्याइएको छ । अहिले भएको नेप्सेले काम गर्न नसकेको भन्दै लगानीकर्ताले छिटो छरितो सेवा पाउन नसकेको आवाज उठ्दै आएको थियो । मन्त्रीपरिषद्ले परिवर्तित नियमावली पाश गरेसँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाइने भएको छ ।
अव धितोपत्र बोर्डले सूचना निकालेर सबै लगानीकर्तासामु नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागी आवेदन माग्नेछ ।












