१ लाख १२ हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक, प्रतिकित्ता १८० रुपैयाँ किन्ने मौका !

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकलेसंस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२ र श्रवण कुमार अग्रवाको नाममा रहकेो ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको उक्त अवधिमा सेयर खरिदका लागि संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।