बीमा क्षेत्रमा पनि देखिन थाल्यो आर्थिक मन्दीको प्रभाव, घट्दै कम्पनीहरुको व्यवसाय « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा क्षेत्रमा पनि देखिन थाल्यो आर्थिक मन्दीको प्रभाव, घट्दै कम्पनीहरुको व्यवसाय



काठमाडौं । अहिले विश्वमा नै देखिएको आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि देखिन थालेको छ ।

बीमा समितिले जारी गरेको चालु आर्थिक बर्ष २०७९/८० को साउनको महिनाको तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यवसाय कम देखिएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा बीमाशुल्क संकलन ०.३४ प्रतिशतले घटेको छ । तथ्यांक अनुसार चालु आवको साउन महिनामा बीमा कम्पनीहरुले १९ अर्ब ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

चालु आवको साउन महिनामा संकलन भएको बीमाशुल्कको आधारमा निर्जीवन बीमा व्यवसाय भने वृद्धि भएको छ । कम्पनीहरुले गत आवको तुलनामा ४९.६८ प्रतिशतले बीमाशुल्क वृद्धि गरेका छन् । तथ्यांक अनुसार चालु आवको समिक्षा अवधिमा चार अर्ब ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने गत आवको सोही अवधिमा कम्पनीहरुले दुई अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

निर्जीवन बीमा व्यवसाय भने ९.३५ प्रतिशतले खुम्चिएको छ । चालु आवको समिक्षा अवधिमा कम्पनीहरुले १५ अर्ब ५ करोड रुपैयाँ संकलन गरेका छन् भने गत आवको सोही अवधिमा १६ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेका थिए । सो अवधिमा ५३ लाख २५ हजार ५३१ जीवन बीमा पोलिसी जारी भएको छ ।

त्यस्तै, म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या भने ६८ लाख ५ हजार १४ जारी भएको छ । चालु आवको साउन महिनामा एक करोड ३० लाख ९ हजार ४८६ वटा जीवन बीमा पोलिसी जारी भएको छ । दुई २१ हजार ६४२ निर्जीवन बीमा पोलिसी जारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्