बीमा कम्पनीको मर्जरले कर्मचारीलाई तनाब « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा कम्पनीको मर्जरले कर्मचारीलाई तनाब



काठमाडौं । बीमा कम्पनीहरु मर्जरमा जान थालेपछि कर्मचारीहरुलाई भने तनाब बढ्न थालेको छ । मर्जरमा गएपछि जागिर रहने वा नहरने चिन्ताले कर्मचारीहरु तनाबमा परेका हुन् । कतिपय कर्मचारीलाई अहिलेको पद र खाईपाई आएको सुविधा घटबढ होला भन्ने बिषयले पिरोल्न थालेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धिको प्रावधान राखेपछि १९ वटा कम्पनीले मर्जरको अनुमति पाएका छन् । बाँकी अन्य कम्पनीहरु पनि मर्जरको तयारीमा छन् । कम्पनी मर्जरमा गएपछि कर्मचारी समायोजनमा हेरफेर हुने पक्का छ । त्यसैले कर्मचारीहरु तनाबमा रहेको एक बीमा कम्पनीकी कर्मचारीले बताईन् । उनी अहिले मर्जरमा गै सकेको कम्पनीमा कार्यरत छिन् । उनका जागिर भने सुरक्षित र¥यो । तर, मर्जरको प्रक्रिया नसकिदासम्म सबै कर्मचारी साथीहरु तनाबमा रहेको उनले बताईन् । “एक खालको प्रेसर फिल हुदो रहेछ । म मात्रै हैन । अरु साथीहरु पनि जागिर हुन्छ कि हुन्न भन्ने खालकै प्रेसरमा थिए । तर, अब भने सबै ढुक्क छौ । तथापि नयाँ टिमसँग काम गर्दा के हुने भन्ने अर्कै खालको ढुकढुकी भै रहदो रहेछ,” उनले भनीन् ।

नेपाल बीमक संघका महासचिव एवम् नेको ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले भने माथिल्लो तहमा रहेका कर्मचारीलाई समस्या हुन सक्ला । कुन पदमा रहने भन्ने समस्या हुन सक्छ । तर, दक्ष कर्मचारीले भने कुनै चिन्ता लिनु नपर्ने उनले बताए । कम्पनीले कर्मचारी छनौट गर्दा पक्कै पनि दक्ष कर्मचारीलाई प्राथमिकता दिन्छ । तर, बीमा समितिले भने कम्पनीका कर्मचारीलाई कुनै पनि सेवा सुविधा नघटाईकन समायोजन गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिको तथ्यांक अनुसार गत साउन महिनासम्ममा बीमा कम्पनीहरुमा कर्मचारीको संख्या ११ हजार ८३० छ ।

समितिले केही बर्ष अघि मात्रै एकैपटक १३ वटा बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सो अवधिमा कम्पनीहरुले ठूलो पद र आकर्षक सेवा सुविधा दिएर एक अर्का कम्पनीका कर्मचारीलाई हुक गरेका थिए । तर, अब कम्पनी मर्जरमा जाने भएपछि कम्पनीलाई कर्मचारी समायोजनमा हम्मे हम्मे परेको छ ।


प्रतिक्रिया दिनुहोस्