स्वास्थ्य बीमा बोर्डले १२ हजार दाबी अस्वीकृत गर्यो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १२ हजार वटा बीमा दाबी रिेजेक्ट गरेका छ । बोर्डको तथ्यांक अनुसार हालसम्म बोर्डले सो संख्या बराबरको दाबीलाई अस्वीकृति गरेको हो ।
बोर्डका अनुसार नोबेल मेडिकल कलेजको सबैभन्दा धेरै दाबी अस्वीकृति भएका छन् । नोबेलले हालसम्म १३ हजार ७५६ वटा दाबी पठाएको बोर्डको जनाएको छ । दोस्रोमा चितवन मेडिकल परेको छ । सो मेडिकलले ७ हजार ६३२ वटा दाबी पठाएको थियो । तेस्रोमा विपि कोईराला इस्ष्टिच्यूट अफ हेल्थ साईन्स धरानको दाबी अस्वीकृति भएको छ । अस्पतालले ७ हजार २९ वटा बीमा दाबी पठाएको थियो ।
क्रमश विराट मेडिकल कलेज, बकुलहर रत्ननगर हस्पिटल, एलएमसिएन टिचिङ्ग अस्पताल, वेस्टर्न रिजनल अस्पताल, धुलीखेल अस्पताल, नेपालगंज मेडिकल कलेज र अन्य अस्पतालले गरेको दाबी अस्वीकृत भएको छ ।
स्वास्थ्य बीमा ऐन अनुसार बीमितले बोर्डले दिएको कार्डको आधारमा तोकिएको अस्पतालमा उपचार गर्नुपर्नेछ । अस्पतालले कार्डको रेकर्ड राखी उपचार भएको विवरण र रकम उल्लेख गरी बोर्डको सफट्वेयर भर्नुपर्नेछ । त्यस्तै, दाबी भुक्तानीको लागि बीमितको उपचारको विवरणको कागजपत्र नै बोर्डमा पठाउँनुपर्नेछ । अस्पतालले पठाएको कागजपत्र बोर्डको मूल्यांकन समितिले मूल्यांकन गर्नेछ ।
समितिले मूल्यांकन गरेको आधारमा मात्रै बोर्डले अस्पतालको दाबी भुक्तानी गर्छ । तर, कतिपय अस्पतालले दाबी गरेको अनुसार कागजपत्र बुझाउनु सक्दैनन् । अस्वभाविक देखिएका त्यस्ता दाबीको प्रमाण नपुगेमा बोर्डले दाबी अस्वीकृत गर्छ ।















