मर्जर प्रस्ताव पारित गर्न सानिमा र जनरल इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा
काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । यी दुवै कम्पनीले मर्जर प्रक्रिया स्वीकृत गर्न एकैदिन विशेष साधारण सभा बोलाएका हुन् ।
यी दुवै आउँदो असोज ११ गते विशेष साधारण सभा गर्ने भएका छन् । कम्पनीको सञ्चालक समितिले उक्त दिन सभा आयोजना गर्ने निर्णय गरेका हुन् ।
कम्पनीको छुट्टा छुट्टै विशेष साधारण सभाले एक आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ । मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।
सोही सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।















