तपाइलाई पर्यो त श्रृजनशील लघुवित्तको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

तपाइलाई पर्यो त श्रृजनशील लघुवित्तको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ सोमबार बिहान सवा नौ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

गत भदौ १५ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरमा सेयर वितरण गरिएको हो ।

गोलाप्रथाबाट वितरण गर्दा रितपूर्वक आवेदन दिने भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै कम्पनीको सेयर पाएका छन् । बाँकी १८ लाख ७० हजार आवेदको हात खाली भएको छ ।

कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

३ लाख ९३ हजार ७५० कित्ता मध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्तासामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा मात्रै सर्वसाधारणलाई छुट्याएको हो ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धकको वेबसाइटः https://www.sunrisecapital.com.np/

लघुवित्तको वेबसाइटः www.shrijanshil.org

मेरो शेयर : meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्