मुख्य सचिव रेग्मीलाई चेम्वरको विषयगत समष्टिगत सुझाव « Arthapath.com
२३ असार २०८२, सोमबार

मुख्य सचिव रेग्मीलाई चेम्वरको विषयगत समष्टिगत सुझाव



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाववारे नेपाल चेम्वर अफ कमर्सले अर्थ मौद्रिक तथा बित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई हस्तान्तरण गर्नु भयो ।

अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक असर कम भएको ठाउँमा खुकुलो बनाउँनु पर्छ । यसले आर्थिक चलयमान हुन्छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिुनु हुदैंन र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिनुभएन । यहाँ उद्योग खुल्यो भने मजदूरहरुले यहि रोजगारी पाउँछन् ।

मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्यन गरेर यसलाई अब आउँने बजेटमा पनि र बिच बिचमा आउँने मिटिङहरुमा पनि सबैसँग कुराकानी गरेर सबैलाई दिन्छौं, भनेर जानकारी दिनु भयो । उँहाले लकडाउन पनि भारतको अघि बढेको छ, यहाँको परिस्थिति हेरेर कामहरु गर्दै जानेछौं भनेर बताउँनु भयो । उहाँले नेपाल चेम्बर अफ कमर्सलाई यति व्यावाहरिक सुझाव दिनुभएकोमा धन्यवाद पनि दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्