दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ८३ करोडमा सिमित « Arthapath.com
११ असार २०८३, बिहिबार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ८३ करोडमा सिमित



काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारम गिरावट भएको छ । सोमबार बजार १३.५९ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १९१२.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन म्युचुअल फण्ड ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् ।

आज ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको हो । बैंकको आज ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्