बैंकिङ्ग सेवा विस्तारका लागि प्रभु बैंक र नेपाल एलपि ग्याँस उद्योगबीच सम्झौता « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

बैंकिङ्ग सेवा विस्तारका लागि प्रभु बैंक र नेपाल एलपि ग्याँस उद्योगबीच सम्झौता



काठमाडौं । प्रभु बैंक र नेपाल एलपि ग्याँस उद्योग संघबिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्झौता भएको छ ।

सोमबार भएको सम्झौता पत्रमा प्रभु बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एलपि ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एलपि ग्याँस खरिद र ढुवानी प्रयोजनका लागि फर्चेज डेलिभरी अर्डर जारी गर्न गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउने छ ।

यसका साथै ग्याँस उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त संझौता पश्चात नेपाल एलपि ग्याँस उद्योग संघका सदस्यहरु लाभान्वित हुने बिश्वास बैकले लिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्